
लमजुङ – गए रातिदेखिको वर्षाले लम्जुङको डुम्रे–बेँसीशहर सडक खण्ड अवरुद्ध भएको छ। बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो खस्दा आज बिहानदेखि सडक अवरुद्ध भएको बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपार्इँले जानकारी दिए।सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन् ।बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन्। डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ । यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो ।




























