
काठमाडौँ -प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको गरिमालाई बिथोल्न खोज्ने प्रयत्नलाई सवै मिलेर परास्त गर्नुपर्ने बताउनुभएको छ ।
ससद दिवसका अवसरमा आइतबार संसद भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसदको इतिहासलाई बुझ्दै अघि यसलाई प्रभावकारी बनाउनुपर्ने र संसदको गरिमालाई बिथोल्न खोज्ने प्रयत्नलाई सवै मिलेर परास्त गर्नुपर्ने बताउनुभएको हो । संसदीय मूल्यमान्यताका आधारमा संसदमा अघि बढाउन नसक्नुको कारणबारे सवैले बहस गर्नुपर्ने उहाले बताउनुभयो ।सभामुख घिमिरेले संसदको काम अघि बढाउदा बाधा र कमजोरी देखिएको भन्दै सदन, सरकार र सांसदहरुले आफ्नो भूमिका सकारात्मक रुपमा निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । उहाले संसद् केवल कानुन थलो मात्रै नभएको भन्दै राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र पनि रहेको बताउनुभयो ।सभामुख घिमिरे बजेट लगाएत सदनमा हुने छलफललाई व्यवहारिक बनाउनुपर्ने र छलफलबाट आएका निष्कर्षहरुलाई समावेश गर्नुपर्ने अवस्था सिर्जना गर्न सक्नुपर्ने बताउनुभयो । बाइट........त्यस्तै राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले जनताको जनजिविकाको सवालमा सांसदहरुले आफ्नो भूमिका खोज्नुपर्ने बताउनुभयो । आफ्नो क्षेत्रमा बजेट लैजाने कामले मात्रै सांसदहरुको भूमिका पूर्ण नहुने उहाको भनाइ छ । बाइट.........मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ




























