
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अव बन्ने कांग्रेस एमालेको सरकारले भ्रष्टाचारका फाइल खोज्न कुनै पूर्वाग्रह नराख्ने बताउनुभएको छ ।बुधबार कांग्रेस बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले भ्रष्टाचार नियन्त्रणमा नयाँ बन्ने सरकारले कुनै पूर्वाग्रह नराख्ने र प्रक्रियामा भएका फाइल खोल्ने बताउनुभएको हो । भ्रष्टाचारको फाइल खालेकै कारण सरकार परिवर्तन भएको गृहमन्त्रीको टिप्पणीको जवाफ दिदै उहाले अहिले पनि वर्तमान सरकार कायमै रहेकाले अन्य भ्रष्टाचारका फाइल खोल्न सुझाव दिनुभयो । शर्माले एमालेसंग भएको सात बुँदे सहमतिले मुलुकलाई स्थीरता र समृद्धिको बाटोतर्फ अघि बढाउने दावी गर्नुभयो । ४७ सालको संविधान व्युताउने तयारीको चर्चा गलत भएको भन्दै उहाले अग्रगामी परिवर्तनकै लागि संविधान संशोधन हुने बताउनुभयो ।उहाले संविधान संशोधनका लागि दुईतिहाई चाहिने भएकाले सवै दलहरुसंग छलफल र सहकार्य गर्ने जिकिर गर्नुभयो ।




























