
काठमाडौं ।– उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आम नागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताउनुएको छ ।बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघसंगको छलफलका क्रममा पौडेलले निराशा चिर्दे आशा जगाउने उपायको खोजी गर्दै सरकार अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताउनुभएको हो । निजि क्षेत्रको मनोबल खस्किए मुलुकको अर्थतन्त्र नै धरासयी बन्ने भएकाले यसतर्फ मन्त्रालयले बिशेष ध्यान दिने उहाले बताउनुभयो ।उहाले अर्थतन्त्रमा देखिएको समस्याको चाङ प्रति आफु गम्भीर रहेकाले निजि क्षेत्रलाई पनि संगै लिएर अघि बढ्ने उल्लेख गर्नुभयो । आन्तरिक र बाह्य कारण देखिएको समस्यालाई समाधान गर्नका लागि स्थीर सरकार बनेको उहाको भनाइ छ ।सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र फोटा टास्नका लागि मात्रै सरकार गठन नभएको भन्दै उहाले समस्या समाधानका लागि नै सरकारको सम्पूर्ण ध्यान केन्द्रीत गर्ने जिकिर गर्नुभयो ।सो क्रममा नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले अहिलेको अवस्थामा निजि क्षेत्रले भोग्नुपरेको समस्याका बारेमा अर्थमन्त्रीलाई अवगत गराउनुभएको थियो ।




























