
काठमाडौँ । नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले बिहीबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन् ।मन्त्रालयस्थित परराष्ट्र मन्त्री डा. राणाको कार्यकक्षमा भएको सो भेटका क्रममा दुई देशको आपसी हित तथा नेपाल–श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।




























