
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफ्नो निर्वाचन क्षेत्रमा आफुमाथि कुनै एक राष्ट्रिय दलका कार्यकर्ताले दुव्र्यवहार भएको गुनासो गर्नुभएको छ ।प्रतिनिधिसभाको सोमबारको बैठकमा गौतमले आफु निर्वाचनमा क्षेत्रमा पहिरोको निरिक्षण गर्न जादा एकाएक युवाको एक समूहले घेरेले तथानाम गाली गलौज गर्दै दुव्र्यवहार गरेको र पछि दुव्र्यवहार गर्ने मध्ये केहि युवा राष्ट्रिय दलका कार्यकर्ता भएको बुझिएको बताउनुभयो ।आफुहरु युवाहरुको कुरा सुन्न तयार भएपनि उनीहरुले कुरा नसुनी एकोहोरो दुव्र्यवहार गरेको उहाले बताउनुभयो । बाटो ढुकेर तर्साउने अमर्यादित हर्कतको जिम्मा सो दलले लिने वा नलिने भन्दै उहाले प्रश्न गर्नुभयो ।



























