
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार सबै राज्यमन्त्रीलाई हटाएका छन् । मुख्यमन्त्रीसहित १२ मन्त्रालय रहेको प्रदेशमा उनले आठ राज्यमन्त्री थपेपछि सर्वत्र आलोचना भएको थियो ।
सर्वत्र भएको आलोचनापछि जनमत पार्टीले उनलाई स्पष्टीकरण समेत सोधेको थियो ।मुख्यमन्त्री सिंहले एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई थप राज्यमन्त्री नियुक्त गरेका थिए, यसअघि नै उनको मन्त्रीमण्डलमा एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त भईसकेका थिए आज सबैजसो राज्यमन्त्री पदमुक्त भएका छन् ।




























