
काठमाडौं । चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तरगत सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार आइतबार बिहान ए आर ०१ टी ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।दुर्घटनामा केही घाइते भएका छन् । अहिले उद्धारको काम भइरहेको छ ।




























