
काठमाडौं । आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।सुर्खेतका लागि बिहान ७ : ४५ मा उडेको विमानमा प्राविधिक समस्याको आएपछि ७: ५४ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएको श्री एयरलाइनसका एक कर्मचारीले जानकारी दिएका छन् ।श्री एयरलाइनसको एसएचए १२१ विमान सुर्खेतका लागि उडेको थियो । तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् ।




























