
काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलन अझै जारी छ । बुधबार पनि सभापति रवि लामिछानेको रिहाइको माग गर्दै पार्टीका कार्यकर्ताहरुले विरोध तथा ¥याली गरेका हुन् ।कार्यकर्ताहरुले ‘दुई दल्य दलाल भ्रष्ट सिन्डिकेटधारी सरकारको चिहान, सर्वहारा श्रमजिवी पिडित भुइ मान्छेको बिहान’ भन्ने नाराका साथ आन्दोलन जारी राखेका छन् ।रास्वपाको यस प्रदर्शनमा देशभरबाट एक हजार भन्दा बढी नेता कार्यकर्ता पोखरा आएका बताइएको छ ।यसैबीच रास्वपाको आन्दोलनमा पोखरावासीको साथ नपाएपछि रास्वपाका नेताहरुले घरदैलो गर्दै स्थानीयलाई सरकार विरुद्धको प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।उपसभापति डा स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा तोसिमा कार्की, सविता गौतम, मनिष झा, रमेश प्रसाईँलगायतका नेताहरुले स्थानीयको घर–घरमा पुगेर आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।




























