
काठमाडौं । गृहमन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबिच मानसिक स्वास्थ्य अध्यायन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समिति बैठकमा उनीहरुले आत्महत्या दर दिनहु बढ्दै गएको अवस्थामा पनि आत्महत्या रोकथाम सम्बन्धमा प्रभावकारी काम हुन नसकेको बताएका हुन् ।साथै उनीहरुले आत्महत्या बढ्दै जानुको कारणको पहिचान गरि प्रभावकारी जनचेतनामूलक कार्यक्रम गर्न सरकारलाई सुझाव दिएका थिए । बैठकमा गृह मन्त्रालयका सहसचिव भरतमणि रिजालले वडास्तरीय आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन कार्यदल गठन गरेर बिभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।परामर्शसहितको चेतनामूलक कार्यक्रम, मनोपरामर्श, योग तथा ध्यान अभ्यास लगाएतका कार्यक्रमहरु वडास्तरबाटै सञ्चालन भइरहेको उहाले बताउनुभयो । मन्त्रालयले कार्ययोजना नै बनाएर आत्महत्या न्यूनिकरण अभियान सुरु गरिसकेको उहाको भनाइ छ ।बैठकमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरुले सय बेडभन्दा बढिको अस्पतालमा अनिवार्य रुपमा मानसिक स्वास्थ्य चिकित्सक खटाउने व्यवस्था रहेको जनाएका थिए । त्यस्तै हाल प्रत्येक दिन २० जनाले आत्महत्या गर्ने तथ्याङ्क रहेको उनीहरुले जानकारी दिए ।




























