
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान गरेका छन् ।साँझ ५ बजे बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।राष्ट्रियसभामा बहुमत नपुग्दा सरकारले ल्याएको अध्यादेश सदनमा निर्णयार्थ पेश हुन सकेको छैन ।गएको माघ १८ गते ६ वटा अध्यादेश सदनमा पेश भएको थियो । अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ



























