
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले देशले दिएको सम्मान पूर्वराजा ज्ञानेन्द्र शाहले बोक्न सक्नुपर्ने बताउनुभएको छ ।मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पन्तले पूर्वराजाले अरु राजनीतिक दलका नेताजस्तो बोल्न नसुहाउने भन्दै पूर्वराजाको हैसियतमा देशले दिएको सम्मान बोक्न सक्नुपर्ने बताउनुभएको हो । पूर्वराजाले मान्छेलाई आह्वान गरेर जुलुसमा साथ दिनुप¥यो भन्दा नेपाली जनता र राजनीतिक दलहरु मिलेर निर्मल निवास घेरे भने के हुन्छ ? भन्दै उहाले प्रश्न गर्नुभयो । गणतन्त्र आएपछिको मुलुकको बिकास असाधारण ढंगले भएको भन्दै उहाले जनतामा निराशा छर्ने प्रयास कसैले गर्न नहुने धारणा राख्नुभयो ।सांसद पन्तले एउटा संसदका सदस्यले अर्को सदनका सदस्यलाई लाञ्छना लाउने काम गर्न नहुने बताउनुभयो ।




























