
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुने घट्नाको न्यायिक छानबिन गर्न माग गरेका छन् ।
सोमबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको बैठकमा उनले उक्त माग गरेका हुन् ।
लिङ्देनले ‘सविन महर्जनलाई किन हिँड्दाहिँड्दै गोली हानियो ? छतमा बसेर किन म्याद सकिएको टियरग्यास बर्साइयो ?’उनले प्रश्न गरे ।




























