
काठमाडौं । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरेको हो । प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो। उनी फरार भएपछि पनि दुईवटा भिडिओ सामाजिक सञ्जालमार्फत सार्बजनिक गर्दै आफु नेपालमै भएको दाबी गरेका थिए ।प्रहरी स्रोतका अनुसार उनलाई काकडभिट्टा हुँदै नेपाल ल्याइँदै छ ।
उनले बुधबार मात्र भिडियो सन्देश जारी गर्दै आफ्नो ज्यान खतरामा रहेको भन्दै मानवअधिकारीवादी, कानून व्यवसायी तथा पत्रकारहरूको रोहवरमा २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेको बताएका थिए।




























