
काठमाडौं । केही दिन यता जाजरकोटमा लगातार भुकम्पको धक्का महसुस गरिएको छ ।
जाजरकोटमा आज बिहान भूकम्प गएको छ । जाजरकोटको पैंक केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४.५३ बजे भूकम्प गएको हो ।




























