
काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूहरूले घोषणा गरेको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि जनआन्दोलन घोषणा गरेका हुन्।तीन प्रमुख मागसहित समितले आन्दोलन गर्ने भएको हो । परिवर्तनकारी र परम्परागत शक्तिबीच समाञ्जस्यता काय गर्दै राजसंस्था अटाउने गरि नयाँ समझदारी, सर्वधर्म समभावसहितको पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र बलियो स्थानीय सरकारको मागसहित आन्दोलनको घोषणा भएको हो ।आन्दोलन घोषणा गर्दै सुवेदीले भनेका छन्,‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रहसहितको आन्दोलन हुनेछ । राजा र जनताबीच षडयन्त्रपूर्वक टुटाइएको धागोलाई फेरि जोड्नेगरी आन्दोलन हुनेछ ।’सुवेदीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए । जनआन्दोलन घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत जनआन्दोलन घोषणा सभामा सहभागी छन् ।साथै उनले केन्द्र र स्थानीय तहमा सरकार, बलियो स्थानीय तह बनाउने एजेन्डासमेत पेस गरेका छन्।




























