
काठमाडौं । गायक पशुपति शर्मा सवार कार दुर्घटना भएको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो ।दुर्घटनामा गायक शर्माको देब्रे हातमा चोट लागेको छ। कारमा सवार अन्य पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ। उनका अनुसार पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो ।गायक शर्मा सांगीतिक कार्यक्रमको लागि स्याङ्जा पुगेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।


























