
काठमाडौं। भारतको आसाम स्टेट टोलीसँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालको ‘ए’ टोली पराजित भएकोछ।बिहीबार भारतको गुवाहाटीमा भएको खेलमा नेपालको ए टोलीमाथि आसामले डिएसएल मेथडमा १५ रनको जित निकालेको हो।पहिले ब्याटिङ गरेको आसामले ८ विकेटको क्षतिमा १९० रन जोड्यो। आसामका लागि कप्तान तथा विकेटकिपर सुमित झाडीगाओकरले ३४ रन बनाए भने सुमित कश्यपले २२ रन बनाए। अभिनव चौधरीले नटआउट २६ रन बनाए।बलिङमा नेपालका आकाश चन्दले ३ विकेट लिए भने कमलसिंह ऐरी र विवेककुमार यादवले २(२ विकेट हात पारे। आदिल अन्सारीको नाममा १ विकेट रह्यो। सागर ढकाल र बसिर अहमदले विकेट लिन सकेनन्।१९१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको नेपाल ८ ओभरमा ६४(३ को अवस्थामा खेल वर्षाले अवरुद्ध भयो। फेरि खेल हुन नसकेपछि आसाम विजयी भयो।नेपालका लागि शुभ कंसाकार ३३ रन र सन्दीप जोरा २ रन बनाएर खेलिरहेको अवस्था थियो। ओपनरद्वय इशान पाण्डे १ रन र कप्तान अनिल साह २० रनमा आउट भएका थिए। यस्तै पवन सर्राफले पनि ६ रन मात्र जोड्न सके।सिरिजको दोस्रो खेल अब शुक्रबार हुनेछ। लगातार सोमबारसम्म खेल भएपछि सिरिज सकिनेछ।



























