काठमाडौं।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेको छ ।बुधबार (कात्तिक २६) मा पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी मोर्चाबाट अलग भएको घोषणा गरेका हुन् ।
मोर्चाले भ्रष्टाचारविरुद्धको संघर्ष, राष्ट्रिय स्वाधिनता एवं राज्यको अग्रगामी रुपान्तरणमा केही महत्त्वपूर्ण काम गरे पनि जुन रफ्तारमा काम गर्नुपर्ने हो त्यो सम्भव नबनेको विप्लवले उल्लेख गरेका छन् ।
साथै ‘जेनजी विद्रोह’पछि नेपालको राजनीतिकि परिवेश र धारणामा व्यापक फेरबदल आएको उनको भनाइ छ । मोर्चामा आबद्ध चार पार्टीमध्ये तीन पार्टीले नेपाली कम्युनिस्ट पार्टीसमेत बनाइसकेको अवस्थामा मोर्चाको औचित्य नभएको उनले उल्लेख गरेका छन् ।समाजवादी मोर्चाको औचित्य समाप्त भएको पार्टीको निष्कर्ष सहितको विप्लवको हस्ताक्षर सहितको विज्ञप्तिमा जनाइएको छ ।