
काठमाडौं । अर्थविद् केशव आचार्यको निधन भएको छ ।आचार्यको उपचारका क्रममा आइबार बिहान अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको आचार्यका छोरा शिखरले जानकारी दिए ।
आचार्यको शव अहिले चाबहिलस्थित ओम नर्सिङ होममा राखिएको र मंगलबार दाहसंस्कार गरिने शिखरले बताए ।गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि मेडिकेयर अस्पताल भर्ना गरिएको थियो ।त्यसपछि उनलाई मस्तिष्कघातको उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो ।स्ट्रोक (मस्तिष्कघात) का कारण अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत आचार्यको आज बिहान ९:५५ बजे निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ। उहाँ आर्थिक अनुशासन र सुशासनका प्रखर वक्ता मानिनुहुन्थ्यो।




























