
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ ।पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बुधबार बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मिति तय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।यसअघि पटक पटक महाधिवेशनको मिति सार्बजनिक गरिए पनि सार्दै आइएको थियो । २०७९ असारमा औपचारिक रुपमा पार्टीको स्थापनाको घोषणा गरिएको भएपनि अहिलेसम्म पार्टीको महाधिवेशन गरिएको थिएन । रास्वपा २०७९ को असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको थियो ।



























