
काठमाडौं । आज संघीय संसदअन्तर्गतका तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।बैठक बस्ने समितिहरूमा अर्थ समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन् ।आज बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयबारे विज्ञहरूसँग छलफल गर्ने कार्यसूची तय गरिएको छ ।यस्तै, बिहान ११ बजे राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको संयुक्त बैठक बस्नेछ ।संयुक्त बैठकमा भूमिहीन नागरिकलाई अस्थायी रूपमा राखिएको होल्डिङ सेन्टरको अनुगमन समीक्षा तथा अन्य समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।



























