
काठमाडौं । खडक राज पौडेल ले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री पौडेलले पर्यटन क्षेत्रको व्यवस्थापन, नियमन तथा विकाससँग सम्बन्धित व्यवस्था समेटिएको उक्त विधेयकमाथि विस्तृत छलफल आवश्यक रहेको उल्लेख गर्दै समितिमा पठाउने प्रस्ताव पेश गरेका हुन्।प्रस्तावलाई डोलप्रसाद अर्याल ले निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसपछि प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको सभामुख अर्यालले घोषणा गरे।अब विधेयकमाथि सम्बन्धित संसदीय समितिमा दफावार छलफल हुने र समितिको प्रतिवेदनपछि प्रतिनिधिसभामा थप प्रक्रियाका लागि पेश गरिनेछ।



























