
काठमाडौं । शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए। उनीविरुद्ध दायर उक्त मुद्दा हाल उच्च अदालत पाटनमा विचाराधीन रहेको छ।यसअघि पनि अग्रवाल २०८२ साल चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका थिए। पछि उनी कानुनी प्रक्रियाअनुसार रिहा भएका थिए।प्रहरीले अग्रवाललाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा उपस्थित गराउने तयारी गरेको जनाएको छ।




























