आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा ८४ दल दर्ता भएका छन्।

आयोगले मंगलबार (३१ साउन) सम्मका लागि समय दिएको थियो।
आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ।
यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले बुधबारबाट जाँचबुझ गर्ने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए।































