काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पूर्वप्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीको विजयी भएको झापा निर्वाचन क्षेत्र नं ५ वा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल विजयी काठमाडौं क्षेत्र नं २ बाट कुनै एक निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवारी दिने तयारी रहेको स्रोतले जनाएको छ ।
आत्मरक्षाको सिद्धान्त अनुसार नेपालमा चीन र भारतलाई टक्कर दिन सक्ने शक्तिशाली सेना बनाउनु पर्छ भनेर चर्चामा आएका प्रसाई स्पष्ट धारणा छ, सुरक्षाको दृष्टिले दुई ठूला र महाशक्ति राष्ट्रका बीचमा रहेका नेपालको सार्वभौमसत्ता र अखण्डता विश्वमा सबैभन्दा बढी खतरामा रहेको छ । आत्मरक्षाको सिद्धान्त अनुसार नेपाली सेनालाई सर्वशक्तिशाली बनाउन ।अत्याधुनिक हतियार सहित सेनाको संख्या पाँच लाख पु¥याउनु पर्छ । यो ५ लाख सेना कसरी पाल्ने भनेर धेरैले तर्क गर्न सक्छन् यसमा ४ लाख सेनालाई हामीले नवनिर्माण सेनाको रुपमा विकास र पूर्वाधार निर्माणका कार्यमा संलग्न गराएर ठेकेदारी प्रथाको कारण रोकिएको विकासको कार्यलाई गति दिनुपर्छ । यसले नेपाली सेनालाई सर्वशक्तिशाली देखाउँछ पनि जसले गर्दा नेपाललाई विश्वको शक्तिशाली राष्ट्रमा दर्जा मिल्छ र यसले विश्वमा नेपाल र नेपालीको सम्मान बढ्छ ।
नेपाली युवालाई विदेशी सेनामा भर्ति गर्ने कुप्रथा पूर्ण रुपमा बन्द गरी नेपालमै विषम परिस्थिति, हावापानी र भौगालिक जटिलता भएको हिमाल (माइनस २५ डिग्री सेन्टिग्रेड) र तराई (४५ डिग्री सेन्टिग्रेड) को गर्मीमा समेत लड्न सक्ने विशेष र अजेय टास्कफोर्स ‘गोर्खा बटालियन’ बनाउनु पर्छ । शक्तिहिनहरुलाई विश्वमा कसैले पनि सम्मान नदिने प्रथा नै बनिसकेकाले नेपालीको स्वाभिमान उच्च राख्दै इज्जत पाउने हो भने हाम्रो नेपालको स्वास्थ्य अर्थात सेना शक्तिशाली बनाउनु पर्छ । जसरी आत्मविश्वासका लागि व्यक्तिको स्वास्थ्य ठिक हुनु पर्छ त्यसरी देशका जनता र नेताको आत्मविश्वास बढाउन देशको सेना सर्वशक्तिशाली हुनुपर्छ ।
प्रसाई भन्छन्, हरेक नेपालीलाई अनिवार्य ६ महिने सैनिक तालिम दिनुपर्छ । यसरी नागरिकताको प्रमाणपत्र लिनु अगाडि अनिवार्य रुपमा ६ महिने सैनिक तालिम दिएर अनुशासित, इमानदार र नैतिकवान् नागरिक तयार गर्नका लागि राष्ट्रवादी नैतिक शिक्षाको व्यवस्था गर्न सहज हुन्छ ।
भूमि रक्षार्थ गोर्खा वाल लगाउनु हाम्रो बाध्यता हो भन्ने प्रसाई भन्छन्, खुला सिमाना पूर्ण रुपमा सिल गरी सिमानामा नवनिर्माण सेना मार्फत् ‘गोर्खा वाल’ लगाएर भूमि मिचिनबाट नेपाललाई जोगाई सीमा विवाद अन्त्य गर्दै नेपाल र नेपाली नागरिकको सुरक्षाको ग्यारेण्टी गर्नु पर्छ । यसका साथै राष्ट्रिय सुरक्षालाई दृष्टिगत गर्दै पर्याप्त मात्रामा सशस्त्र सीमा बल खडा गरी चारैतिर सिमानामा बंकर सहितको सीमा सुरक्षा पोष्ट बिओपी राख्नुपर्छ ।आमा चुनाव चिन्ह लिएर सचेत नेपाल पार्टी, नेपाल आमा पार्टी, सुशासन पार्टी र जनवादी पार्टी अलायन्स गरेको छ ।