
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेर मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने काम गरेकोे बताएका छन् ।‘राजनीति भनेको भागबन्डा मात्रै हो र ? त्यसका लागि जे पनि हुन्छ भन्ने कुरालाई बल पुगेको छ,’ ज्ञवालीले भने । पूर्वसहमति तोडेर नेपाली कांग्रेसलाई राष्ट्रपति दिने निर्णयले प्रधानमन्त्री प्रचण्डप्रतिको विश्वासनीयता कमजोर बनेको उनले बताए ।‘कतिपय नेताको विश्वासनीयतामाथि प्रश्न उठेको छ । यसले राजनीतिमा वितृष्णा जगाउने कार्यलाई नै मद्दत पुग्छ,’ ज्ञवालीले भने, ‘प्रचण्डले गठबन्धन बदल्ने निर्णय गर्नुलाई बाह्य शक्तिको दबाबका रूपमा समेत बुझ्नुपर्ने देखिन्छ ।’‘जस्तो भूराजनीतिक दबाब’bout चर्चा भइरहेको थियो । अहिले गठबन्धन बदल्ने कुराले हामी आफ्नो निर्णय गर्न सक्ने शक्ति सामथ्र्यमाथि प्रश्न उठेको छ,’ ज्ञावलीले भने ।सरकारको नेतृत्व गरिररहेको माओवादी केन्द्रले गठबन्धन बदलेपछि विकसित परिस्थिति’bout शनिबार बस्ने सचिवालय बैठकबाट निर्णय हुने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।Source: Rajdhani




























