
प्रदेश नं १ को नाम 'कोसी' राख्न प्रस्ताव गरिएको छ ।एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक बसेर प्रदेश १ को नाम 'कोसी' राख्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन् ।प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् ।’ प्रदेशसभाको आजको बैठकमा नामसम्बन्धी प्रस्ताव पेश गरिँदै छ ।




























