
आगामी राष्ट्रपति निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिँदैछ । फागुन २५ गते हुने निर्वाचनमा पौडेललाई विजयी गराउन गठित राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रले बागमती प्रदेशका आठ वटै राजनैतिक दलका प्रदेशसभा सदस्यका लागि आज दिउँसो १ बजे नयाँ वानेश्वरस्थित एक ब्यांक्वेटमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ । यसबाहेक सबै प्रदेशमा सोहीअनुसारको राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम हुने पनि कांग्रेसले जनाएको छ । यसअघि बिहीबार आठ दलले संघीय राजधानी काठमाडौँमा प्रतिनिधि र राष्ट्रिय सभामा रहेका आफ्ना सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो ।




























