
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार नेप्से परिसूचक २३ दशमलव ६४ अंकले ओरालो लागेर एक हजार नौ सय आठ दशमलव शून्य चारमा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमव ७८ अंकले ओरालो लागेर तीन सय ६२ दशमलव ९६ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ ।कारोबार रकम भने आज पनि आजको कारोबारमा कूल ३१ लाख ४४ हजार पाँच सय ७३ कित्ता शेयर ९२ करोड ७८ हजार पाँच सय ७१ रुपैयाँमा खरिद बिक्री भएका छन् । कारोबार भएकामध्ये २३ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय ८८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको सात करोड दुई लाख ४३ हजार छ सय ४२ रुपैयाँ बराबरको कारोबार भयो ।त्यस्तै शिवम् सिमेन्ट चार करोड ३३ लाख ३६ हजार पाँच सय रुपैयाँ, एनआइसी एशिया बैंक तीन करोड ११ लाख ५६ हजार सात सय ४३ रुपैयाँ, माछापुच्छ्रे बैंक दुई करोड ६७ लाख छ हजार सात सय ४० रुपैयाँ र हिमालयन डिस्टिलरी दुई करोड ६३ लाख सात हजार सात सय ४४ रुपैयाँ बराबरको कारोबार भइ शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । घटेको बजारमा आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्म्क सर्किट लागेको छ ।यस्तै, कालिञ्चोक दर्शन नौ दशमलव ९८, मैलुङ हाइड्रोपावर कम्पनी नौ दशमलव ९६, सिभिल बैंकको ऋणपत्र छ दशमलव १० र सामलिङ पावरको शेयर मूल्य चार दशमलव ९९ प्रतिशतले बढेको छ । सनराइज ब्ल्यूचिप फण्ड छ दशमलव २५, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलव १४, उन्नति सहकार्य लघुवित्त चार दशमलव ३४, उपकार लघुवित्त चार दशमलव २१ र कालिका लघुवित्तको शेयर मूल्य चार दशमलव १० प्रतिशतले घटेको छ ।




























