
साउन १३ गते । रौतहटमा एक युवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं. ८ का २६ वर्षीय शम्भु राम भाला प्रहारबाट घाइते भएका हुन् । शनिबार साँझ ७ बजेतिर पुरानो रिसइवीको कारण स्थानीय १८ वर्षीय सदरे आलमले राममाथि भाला प्रहार गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले जानकारी दिए । दायाँ कोखामा भाला लागेर राम घाइते भएका छन् ।उनको नेशनल हस्पिटल विजयपुर बजारमा उपचार भइरहेको थिए । त्यपछि वहालाई थप उपचारको लागि वीरगञ्ज स्थित हेल्थ केयर हस्पिटलमा अहिले उपचार भइरहेको ईलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ।भाला प्रहार गर्ने आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ब्रवकता डीएसपी उमाशंकर यादवले बताए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




























