
रौतहट । डेंगुका बिरामी बढ्दै गएपछि रौतहटको मौलापुर नगरपालिकाका महिला मेयर रीना साहले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरेकी छन । नगरपालिकाले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदलौ अभियान चलाएको हो ।नगरपालिकाको बजार क्षेत्रमा अभियान सञ्चालन भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अचेलाल साहले जानकारी दिए । अहिले बजार क्षेत्रमा अभियान सञ्चालन गरिएको साहले बताए । उनले बजार क्षेत्रमा अभियान सञ्चालन गरिएको जनाउँदै आवश्यक्ता अनुसार सबै वडामा यो अभियान सञ्चालन हुने जानकारी दिए। पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामुलक अभियान अगाडी बढाइएको साहले बताए । ‘सबै वडाका स्वास्थ्य फोर्कल पर्सन तथा स्वास्थ्यकर्मीलाई तालिम दिएका दिएका छौं । डेंगुबारे जनचेतना फैलाउन घरदलो अभियानमा महिला स्वास्थ्यसेविका, स्थानीय संघसंस्था र जनप्रतिनिधिता सहभागी भएका छन्,’ साहले भने ।

डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको नगरपालिकाले जनाएको छ । ‘घरमा भएका गमला, ड्रम, तथा सफा पानीमा डेंगुका लार्भा छन् । घरभित्रनै लामखुट्टे उत्पादन गर्ने कारखाना भइसकेको छ,’ साहले थपे, ‘समान्य जानकारी नहुँदा डेंगु फैलिरहेकाले छ । यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर अभियान सुरु गरेका हौं ।’ त्यसका साथै स्कुल–स्कुलमा पुगेर बालबालिका मार्फत डेंगु नियन्त्रणका लागि सचेतनाको कार्यक्रम नगरपालिकाले गरिरहेको छ ।डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ ।

यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन् । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । एडिज नामक लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । उक्त लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । पोथी जातको लामखुट्टेले अण्डा पार्ने वेलामा टोक्ने गर्छ । एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जान्छ । दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरू बताउँछन् । अभियानमा उपप्रमुख नागेन्द्र यादव, प्रमुख प्रशाशकिय अधिकृत रामबाबु साह लगायत जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी एवंम सयौंको संख्यामा आम जनसमुदायको सहभागिता रहेकोे छ।




























