
अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो ।बैठकपछि स्थायी कमिटी सदस्य अनिल शर्मा बिरहीले फेरि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी दिए । असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्ने र मार्चपासमा सामना साँस्कृतिक टोली पनि सहभागी हुने जनाइएको छ ।काठमाडौंको धादिङ, लप्सिफेँदी, नुवाकोट, पाल्पा, रुपन्देही र नवलपरासीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गर्ने नेता शर्माले जानकारी दिए । लप्सिफेँदीको कार्यक्रमको नेतृत्व उमा भुजेल र नुवाकोटको कार्यक्रमको नेतृत्व शर्माले गर्ने छन् ।



























