महानगरको अनुमतिबिना सञ्चानल गर्न लागिएको भन्दै नगरप्रहरी त्यसलाई रोक्नतर्फ लागेका हुन्।पोखरा महानगरले लेकसाइडमा कोटीहोम हुन नसक्ने भन्दै आएको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारीले अटेर गर्दै कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।

काठमाडौं । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन ।
झडपमा केही नगरप्रहरी र अन्य घाइते भएका छन् ।मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न लागेको थियो ।सोही भूमिपुजन महानगरले रोक्न खोजेको हो ।




























