
काठमाडौं । चलचित्र ‘तेल भिसा’का निर्माता पक्राउ परेका छन् ।ठगीको आरोपमा ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार्कीलाई आज काठमाडौंकाे स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो । अमेरिका लगिदिन्छु भन्दै केही व्यक्तिसँग पैसा लिएको तर अमेरिका पनि नलगेको र पैसा पनि फिर्ता नदिएको भन्दै कार्कीविरुद्ध उजुरी परेको कार्यालयले जनाएको छ ।यसअघि अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा ‘तेल भिसा’ निर्माता तथा निर्देशकविरूद्ध पनि प्रहरीमा उजुरी परेको थियो ।




























