काठमाडौ । मुस्लिम धर्माबलम्बीहरुको दोस्रो पर्व बकर इद(इदुल जोहा) सोमबार मुस्लिम समुदायले भब्यताका साथ मनाउँदैछन् ।
इदुल फित्र वा रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने परम्परा रही आएको छ ।आजको दिन मस्जिद र इदगाहमा धर्माबलम्बीहरुको धेरै भीड लाग्दछ । कार्यबाहक प्रमुख इन्दिरा कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सोमबार मुस्लिम धर्मावलम्बीहरूको चाड ईद–उल–अजहा पर्ने भएकाले सोमबार महानगरपालिका नगर कार्यकालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरू एवं नगर क्षेत्रभित्रका शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा गरिएको सूचित गरिन्छ ।’