पुण्यप्रसाद प्रसाईहिन्दु धर्म भित्रको वैज्ञानिकताको चर्चा गर्दा हामीले शुरुवातबाटै गर्नु राम्रो हुन्छ । अर्थात् ब्रह्माण्डको शुरुवातबाट । जस्तो ब्रह्माण्डको अस्तित्वको परिभाषा जुन आजको विज्ञानले गर्छ र हिन्दु धर्मले भगवानको परिभाषा गर्छ सर्वप्रथम त्यसलाई हेरौं । हिन्दु धर्मले यो चराचर ब्रह्माण्डलाई शिव भनेको छ । शिव अर्थात् शून्य । अथवा ब्रह्माण्डको अस्तित्व बारे हिन्दु धर्म भन्छ, यो असीमित छ, यसको न कुनै आदि छ न अन्त्य छ । यसको आकार कत्रो छ भन्ने कुरा मानिसले कहिल्यै कहिल्यै कहिल्यै थाहा पाउन सक्ने छैन । यसको उत्पति शून्यबाट भयो अर्थात नथिङबाट । महाप्रलय पश्चात सर्वत्र केही पनि थिएन । थियो त केवल सदाशिवको ज्योति विन्दु । अर्थात् शिव ज्योति स्वरुपमा थिए । एक विन्दु स्वरुपमा । सदाशिव निराकार र निर्गुण । अर्थात नथिङ । तर यो ज्योतिस्वरुप सदाशिवमा के थियो ? चेतना र उर्जा थियो । यो ज्योति बाहेक कही कतै ब्रह्माण्डमा केही थिएन । नत म्याटर, न समय न उर्जा न स्पेश । बस ब्रह्माण्ड अन्धकार थियो । डार्क म्याटर । र, एक पल सदाशिव रुपी यस उच्च चेतनालाई श्रृष्टिको रचना गर्ने सोच आयो । र, यो ज्योति विन्दुले शिवलिङ्गको रुप धारण ग¥यो र त्यहाँबाट विष्णुको जन्म भयो । यो ब्रह्माण्डको रचनाबारे ऋग्वेदमा उल्लिखित कुरा हो यो ।
अब यहाँनेर हामी यसलाई आजको बिगब्याङ थ्योरीसँग दाँजेर हेरौं । बिगब्याङ थ्योरीले के भन्छ ? ब्रह्माण्डमा पहिला केही थिएन, न उर्जा, न समय, न स्पेश न म्याटर, न प्रकाश । बस खुम्चिएर ब्रह्माण्ड एउटा विन्दुको रुपमा थियो । अचानक त्यो बिन्दु विष्फोट भयो र ब्रह्माण्डको रचना भयो । बिग ब्याङ थ्योरीले भन्छ यो । उता ऋग्वेद के भन्छ ? सदाशिवले शिवलिङ्गको रचना गर्नु भयो जसमा ब्रह्मा र विष्णु तल र माथि जाँदा कहिल्यै शुरुवात र अन्त्य भेटेनन् । यसलाई यसरी बुझौं जुन शिवलिङ्ग सदाशिवले बनाउनु भयो त्यो भनेको बिग ब्याङबाट निर्मित ब्रह्माण्ड हो जसको न आदि छ न अन्त्य ।
शिवले जब ब्रह्माण्डको रचना गरे उनको स्वरुप कस्तो होला ? गड भन्नासाथ हरेक धर्मले उज्यालोको रुपमा बुभ्mने गर्छ । तर हिन्दु धर्ममा भगवान शिवको रुप कालो छ । किन कालो छ ? किनकि शिवले ‘डार्क इनर्जी’को प्रतिनिधित्व गर्छन् । त्यसैले हिन्दु धर्ममा शिवको स्वरुपलाई शिवको कालो प्रतिमाबाट बुझाउन खोजिएको छ ।
ब्रह्माण्ड कत्रो छ ? के भन्छ विज्ञान र हिन्दु शास्त्र ?
के कुनै दिन मानिसले अर्थात् विज्ञानले ब्रह्माण्डको आकार अथवा भनौं शिवको अस्तीत्व बारे सम्पूर्ण ज्ञान प्राप्त गर्न सक्ला ? यसको उत्तर हुनेछ कदापि सक्ने छैन । आधुनिक विज्ञान र हिन्दु धर्मशास्त्रको एउटै मत छ । तर हिन्दु धर्ममा के चाहिं भनिन्छ भने ध्यानको माध्यमबाट अन्तर यात्रा गरेर यसको बोधसम्म गर्न सक्ने छ मानिसले ।
विज्ञानले यति द्रुत विकास गर्दैछ, अर्को ग्रहमा मानव बस्ती बसाउने कुरा हुँदैछ, किन सक्दैन ? प्रश्न उठ्नु स्वभाविक छ । तर जब आधुनिक विज्ञान ब्रह्माण्डको आकार थाहा पाउने सोचमा कार्य गर्न लाग्यो तब यसको असीमितता बोध भएपछि उसले यही घोषणा ग¥यो अहँ, मान्छेले कहिल्यै ब्रह्माण्डको आकार थाहा पाउन सक्ने छैन ।
विज्ञानले ब्रह्माण्डको आकार पत्तो पाउनु असंभव भनेर मानेको यस प्रश्नको उत्तर युगौं पहिला दिइसकेका छन् हिन्दु धर्मशास्त्रहरुले । र, हिन्दु धर्मका ऋषिमुनिलाई यो आजभन्दा हजारौं वर्ष अगाडि नै ज्ञात थियो । त्यसैले वेदमा यी सब कुरा लेखिए । त्यसो भए कत्रो छ त यो ब्रह्माण्ड ? पहिला ब्रह्माण्डका आकारको बारेमा बुझौं ।
हामी जुन सोलार सिस्टममा रहेका छौं त्यसमा हाम्रो सूर्य सबैभन्दा ठूलो तारा हो जसको वरिपरि अरु सबै ग्रह र उपग्रहरु आआप्mनो कक्षमा घुम्ने गर्छन् । हामीलाई हाम्रो पृथ्वी विशाल लाग्छ तर यसको आकार यस अनन्त ब्रह्माण्डमा यस पृथ्वीमा धूलाको कणको आकार जति मात्र छ । ब्रह्माण्डको आकारको खोजी गर्नु अघि हामीले प्रकाश वर्ष, प्रकाश सेकेण्ड भनेको के हो त्यो पनि थाहा पाउन आवश्यक छ किनकि हामीले अहिले नापका लागि प्रयोगमा ल्याएको किलोमिटरले ब्रह्माण्डको मापन हुन सक्दैन ।
प्रकाशले एक वर्षमा जति यात्रा गर्छ त्यो १ लाइट इयर भयो एक सेकेण्डमा गर्ने यात्रा १ लाइट सेकेण्ड भयो । यसलाई अझ बुझौं ।
सूर्य र पृथ्वीको दूरी न्युनतम १४.७० करोड किलोमिटर छ । सूर्य र पृथ्वीको दूरी अधिकतम १५.२१ करोड किलोमिटर छ । पृथ्वी १६१० किलोमिटर प्रतिघण्टाको गतिमा घुम्ने गर्छ । सूर्यको प्रकाश पृथ्वीमा ८ मिनट १९ सेकेण्डमा आइपुग्छ । ब्रह्माण्डको आकार नाप्नका लागि हामीले प्रकाशको गति पनि थाहा पाउन आवश्यक छ, प्रकाशले एक सेकेण्डमा ३,००,००० किलोमिटरको यात्रा गर्छ । सूर्यबाट पृथ्वीमा प्रकाश आइपुग्न ८ मिनेट १९ सेकेण्ड लाग्छ भने लाइटले एक वर्ष अर्थात् ३६५.२३ दिनमा ९.४६ ट्रिलियन किलोमिटरको यात्रा गर्छ । हो यही एक वर्षमा लाइटले गर्ने यात्रालाई १ लाइट इयर भनिन्छ । जस्तो पृथ्वीबाट चन्द्रमा ३,८००,०० किलोमिटरको दूरीमा छ र प्रकाशलाई चन्द्रमाबाट पृथ्वीमा आइपुग्न केवल एक सेकेण्ड लाग्छ यसलाई भनिन्छ १ लाइट सेकेण्ड । यति थाहा पाएपछि अब फेरि हामी ब्रह्माण्डको साइज नापौं ।
हाम्रो सोलार सिस्टमको सबैभन्दा सानो चन्द्रमा म्भष्mयक (डिमोस) हो । डिमोस ११ किलोमिटरको छ, निक्स ८० किलोमिटर, हाइड्रा १०० किलोमिटर, सेन्डा १८०० किलोमिटर, छ भने हाम्रो चन्द्रमा ३५०० किलोमिटर र मुनभन्दा मर्करी, मर्करीभन्दा मार्स, मार्सभन्दा भेनस, भेनसभन्दा अर्थ, अर्थभन्दा नेप्च्युन, नेप्च्युनभन्दा स्याटर्न स्याटर्नभन्दा जुपिटर र जुपिटरभन्दा हाम्रो एक्लो तारा सूर्य धेरै ठूलो छ । सूर्यभन्दा साइरलस ए क्ष्चगिह ब्, साइरलसभन्दा (पोलक्स) एयििगह, एयििगह भन्दा आर्कट्युरस ब्चअतगचगक, ब्चअतगचगक आर्कट्युरसभन्दा अल्डेबरान ब्मिभदबचबल ब्मिबदबचबल अल्डेबरान भन्दा रिजेल च्ष्नभ,ि च्ष्वभ िरिजेल भन्दा पिस्टोल स्टार एष्कतय िक्तबच, एष्कतय िकतबच पिस्टोल स्टार भन्दा ब्लतबचभक ब्, बलतबचभक ब् भन्दा, ःग ऋभउजभष्, यो भन्दा ख्थ ऋबलष्क ःबवयचष्क। र, हाम्रो आकाश गंगाको सबैभन्दा ठूलो तारा पनि यही हो । यस ताराको डाइमिटर २,३००,०००,००० किलोमिटर छ । यो सूर्यभन्दा १५०० गुणा ठूलोे छ । मानौं सूर्यलाई एउटा भकुण्डो जत्रो मान्ने हो भने त्यसको छेउमा पृथ्वी एउटा चनाको दाना जत्रो मात्र हुन्छ । अब विचार गर्नुहोस् ख्थ ऋबलष्क ःबवयचष्क कत्रो हुँदो हो । र, एक पटक सोच्नुस् अहिलेको यात्रुवाहक विमानबाट ९०० किलोमिटर प्रतिघण्टाको गतिमा यसको सतहमा एक चक्कर लगाउन कति समय लाग्ला ? जम्मा ११०० वर्ष लाग्छ । अब कल्पना गर्नुहोस् यसको आकार कत्रो छ । यो हाम्रो पृथ्वी र सूर्यभन्दा कति ठूलो छ ? सोलार सिस्टम ५,०००,०००,००० किलोमिटर छ । ज्यmगलअगगिक लभदगबि द्दण्,ण्ण्ण्,ण्ण्ण्,ण्ण्ण्, प्m, द्यगददभि ल्भदगबि ज्ञण् ीथ, भ्बनभि ल्भदगबि ज्ञण्ण् ीथ्, ल्नअ टण्द्ध, अहिलेसम्म थाहा भएको सबैभन्दा ठूलो नेबुला यही हो र यो ज्ञछण्ण् थि, द्यबिअप भथभ न्बबिहथ, डण्, ण्ण्ण् थि, ःष्पिथ धबथ न्बबिहथ १००,००० लाइट इयर, अि ज्ञज्ञण्ज्ञ छ,ण्ण्ण्,ण्ण्ण् थि अहिलेसम्म थाहा भएको सबैभन्दा ठूलो ग्यालेक्सी हो यो र अहिलेसम्म देखिएकोे यो ग्यालेक्सी ९३, ०००,०००,००० लाइट इयरको छ । अर्थात ब्रह्माण्डको आकार अज्ञात छ । र यसपछि धेरै कुरा अज्ञात हुँदा हुँदै पनि अब त मल्टिभर्सको परिकल्पना गरेका छन् वैज्ञानिकले अथवा अरु यस्ता अरबौं अज्ञात ब्रह्माण्डको । जसमा यो हामीले थाहा पाएको ब्रह्माण्डको आकार सागरमा एक थोपा बबलभन्दा ठूलो छैन । त्यसपछि मेटाभर्स जसमा सारा मल्टिभर्सहरु रहेका छन् । त्यसपछि जेनोभर्स जसमा सारा मेटाभर्स समाहीत छ । अनि हाइपरभर्स जसमा जेनोभर्स समाहीत छ अनि ओम्नीभर्स जसमा सारा हाइपरभर्स समाहीत छ । अनि के ? अनि (क्ष्लाष्लष्तथ) असीमित ।
त्यसैले हिन्दु धर्मका पवित्र ग्रन्थले यो सब बताएका छन् । र, राम्रोसँगले भनेका छन् ब्रह्माण्डको न आदि छ न अन्त्य छ । यो असीमित छ ।
जब कुनै बेला विज्ञानलाई ब्रह्माण्डको अस्तीत्व कत्रो हुन सक्ला भन्ने ज्ञान थिएन र ब्ल्याक होलको अस्त्विबारे समेत पनि जानकारी थिएन त्यो बेला हिन्दु धर्मको वेदमा लेखिएका यी कुरा वैज्ञानिकलाई एउटा भ्रम र अन्धविश्वास जस्तो मात्र लाग्थ्यो । तर आज विज्ञानले विश्वास गर्न थालेको छ । धेरै खोजबाट यो प्रमाणित पनि भइरहेको छ, वास्तवमा नै ब्रह्माण्डको उत्पति शून्य अर्थात् नथिङबाट नै भएको हो । शुरुमा केही पनि थिएन, प्रकाश, समय, स्पेश, म्याटर केही पनि । ति सबै एउटा बिन्दु अर्थात् नथिङबाट सृजना भए । एक पटक सोचौं हामी आकाशमा ताराहरु देख्छौं । गीत पनि छ नौलाख तारा उदाय । हामीलाई लाग्थ्यो आकाशमा नौलाख ताराहरु होलान् र हामी चकित हुन्थ्यौं सानामा । बाफरे, नौलाख तारा ! हामीले सानामा ताराहरु गणना गर्ने प्रयास पनि ग¥यौ । कसैले कति कसैले कति पु¥यायौं । मैले सातसय ताराहरु गनेको थिएँ र आकाशतिर हेरेको हेरै गरेकाले मेरो घाँटी दुखेर मलाई दुई दिनसम्म ज्वरो समेत आएको थियो । तर अब त नासाले शक्तिशाली टेलिस्कोपको निर्माण गरेको छ, हबल । उसले निकै अनुसन्धान गरेको छ, तारा र ब्रह्माण्डको बारेमा ।
हिटलर हिन्दु धर्मबाट निकै प्रभावित थिए । उनी जस्तोसुकै आविष्कार हिन्दु धर्मका ग्रन्थ पढेर त्यहाँबाट आधार अथवा सूत्र लिएर गर्न सकिन्छ भन्ने मान्यता राख्थे । र, उनले आप्mना सबै वैज्ञानिकलाई संस्कृत ग्रन्थ अनिवार्य पढ्न लगाएका थिए । र, हाम्रा वैधिक ग्रन्थको आधार लिएर त्यहाँका वैज्ञानिकहरुले धेरै आविष्कार गरेका पनि थिए । हिन्दु ग्रन्थकै आधारमा जर्मनका वैज्ञानिक एटम बम बनाउन सकिन्छ भन्नेसम्मको निक्र्योलमा पुगेर अनुसन्धानमा लागेका थिए । हिटलर जर्मनलाई आर्य जातिको मान्थे । उनले आप्mनो नाजी पार्टीको झण्डामा स्वस्तिकको प्रयोग गरेका थिए । आर्य भनेको कुनै जात, वर्ण र रंगको आधारमा हुने होइन । कुनै पनि वर्ण, जाति, समुदाय, रंग र वर्गका सर्वश्रेष्ठ र उत्तम जो छन् ती व्यक्तिलाई हिन्दु धर्ममा आर्य मानिन्छ । जब मानिस आप्mनो नीहित कर्म नगरेर गिर्छ तब त्यो अनार्य हुन्छ । राजा जो उच्च चरित्रको छ उसलाई आर्य राजा भनियो । कृष्णलाई आर्यको सन्तान भनियो । द्रोपदीलाई आर्यपुत्री भनियो । अर्जुनलाई पनि आर्य भनिएको छ ।
यो त भयो हिटलरको कुरा । उनले यसो भन्नुमा खासै आश्चर्य मान्नुपर्ने कारण पनि देखिँदैन । यदि कोही मानिस यस हिन्दु धर्मप्रति बायस छैन र यस धर्मका ग्रन्थहरु उसले सूक्ष्म रुपमा अध्ययन गरेको छ भने उसले आज जति पनि विज्ञानमा आएका कुरा र परिकल्पना छन् तिनलाई कुनै न कुनै रुपमा हिन्दु धर्मका वैदिक ग्रन्थले सम्बोदन गरेको पाउने छ । चाहे आज वैज्ञानिकले गरेको भनेको सबैभन्दा ठूूलो खोज गड पार्टिकल्स अर्थात् हिग्स बोसन होस् या बिग ब्याङको थ्योरी, टाइम ट्राभलको कुरा होस् या स्टिङ थ्योरीको १० डाइमेन्सनको कुरा । प्यारेलाल युनिभर्स अर्थात् मिरर युनिभर्सको कुरा होस् या अश्वत्थामा जस्तो हजारौं वर्ष बाँच्ने कुरा । डार्क म्याटर र डार्क इनर्जीको कुरा होस् या ओम्नीभर्सको परिकल्पना ।