हरेक व्यापारीलाई देशको होइन पैसाको मतलब रहन्छ । दुनियाँमा भोकमरी लागोस्, देश बर्बाद होस्, लाखौं मान्छे मरुन् उसलाई केही मतलब हुँदैन । उसलाई सबै जायज हुन्छ बस उसले पैसा कमाउनु पर्यो । आज युक्रेन र इजराइलमा युद्ध छ कसका लागि ? त्यहाँका जनताले युद्ध चाहेका होलान् ? कदापि होइन । युद्ध चाहिएको छ नेता र व्यापारीलाई । नेतालाई २४ को चुनाव जित्नु छ र व्यापारीलाई पैसा कमाउनु छ । बाइडेन, नेतान्याहुदेखि पुटिनसम्म २४ मा जसरी पनि चुनाव जित्न चाहन्छन् त्यसैले युद्धको संचालन ठिकसँगले होस् भन्ने उनीहरुको चाहना रहन्छ । देशको अर्थतन्त्र डुबोस्, हस्पिटल र स्कुलमा बम खसुन्, हजारौं बालबालिका मारिउन् उनीहरुलाई कुनै सरोकार छैन । उनीहरुको मन दुख्दैन । नेताकै नियम हुन्छ व्यापारीको पनि । हतियार व्यापारी युद्ध चलाउँछन्, मेडिकल व्यापारी टिभी, एड्सदेखि कोरोनासम्म फैलाउँछन् र बेच्छन् । व्यापारीलाई मान्छेको कुनै मूल्य छैन । मूल्य छ त केवल पैसाको...।https://www.youtube.com/watch?v=hZiLbPelJag&t=30sपुण्य प्रसाईको यो भिडियो हेर्नुहोस् ।