
अर्थमन्त्री वर्षमान पुनले पुँजीबजारका लगानीकर्ताले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री पुनले पुँजीबजारमा देखिएका नीतिगत समस्या सहजिकरण र सहज वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले लगानीकर्ताले विचलित हुने भन्दा पनि उत्साहका साथ लगानी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पुँजीबजारमा प्रत्यक्ष रुपमा सहभातिता जनाउने ६० लाख लगानीकर्ताको मागलाई सरकारले सम्बोधन गर्न तयार रहेको बताउनु भयो । उहाँले पुँजीबजारमा लगानीकर्ताले ढुक्क भएर लगानी गर्न आग्रह गर्दै आगामी दिनमा कुनै समस्या आउन नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले पुँजीबजारमा विगतको जस्तो समस्या नहुने भन्दै पँजीबजारका नीतिगत समस्या सहजिकरण गर्ने बताउनु भयो । उहाँले अर्थतन्त्र चलायमान बनाउने घर जग्गा कारोबारमा रहेका समस्या समाधान गरी सहज हुने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री पुनले पँजीबजार लगानी कर्ता तथा घरजग्गा व्यवसायीहरु आत्तिनु पर्ने अवस्था नभएको बताउनु भयो । उहाँले सन् २००८ मा पनि यस्ता समस्या समाधान गरेको अनुभव आफूसँग रहेको उल्लेख गर्नुभयो । अर्थमन्त्री पुनले अर्थतन्त्र संकट भन्दा पनि मन्दीमा रहेको भन्दै मन्धीलाई सुधार गर्नसक्ने अवस्था रहेको दाबी गर्नुभयो । उहाँले सरकारले पुँजीगत खर्चलाई तिब्रता दिएर राजश्व वृद्धि गर्न जरुरी रहेको बताउनु भयो । उहाँले पछिल्लो समय देखिएका मिटरब्याज,लघुवित्त र सहकारीका समस्या सरकारले क्रमश समाधान गर्दै जाने बताउनु भयो । उहाँले सहकारी र लघुवित्तका निक्षेपकर्ता नडाउन आग्रह गर्दैै निक्षेप डुब्न नदिने दायित्व सरकारको भएको भन्दै सरकारले नीतिगत रुपमा समाधान खोज्ने बताउनु भयो ।उहाँले भन्नुभयो,‘अर्थतन्त्रमा सुधार गर्नु पर्ने आवश्यकता छ । अर्थतन्त्र संकटमा गइसक्यो भन्ने त्यस्तो होइन । अर्थतन्त्रका विभिन्न क्षेत्रमा मन्दी आएको छ । त्यो मन्दीलाई सरकारले सुधार गर्न सक्छ । सरकारले पुँजीगत खर्च गर्ने कुरा तिब्रगति दिन जरुरी छ । राजश्व वृद्धि गर्नुपर्ने छ । त्यो गर्न सकिन्छ । त्यसको योजनाहरु मैले बनाई सकेको छु । उत्पादन र रोजगारी वृद्धि गर्ने छ कठिन काम भए पनि सम्भव छ । नेपाली पुँजीबजारको मनोवल कमजोर देखिएको छ त्यसमा ६० लाख जनता लगानीकर्ता जोडिएको छ । पुँजीबजारमा प्रर्याप्त मात्रामा ढुक्क भएर लगानी गर्नुस् । कुनै समस्या हुँदैन । पुँजीबजारका नितिगत र आवश्यक सहजिकरण गर्छु । पुँजीबजारमा निर्धकका साथ लगानी गर्दा हुन्छ । विगतमा जस्तो समस्या हुँदैन । घर जग्गा कारोबार विस्तारै सहज हुन्छ । त्यमा बिस्तारै नीतिगत सुधार हुन्छ । तदारुकताका साथ आवश्यक कामहरु हुन्छन् । यस्ता समस्याबाट आत्तिनु पर्ने अवस्था छैन । सन् २००८मा पनि यस्ता समस्या समाधान गरेको अनुभव छ । मिटरब्याज,सहकारी,लघुवित्त पीडितहरुका समस्याहरु छन् । ती सबै समस्यालाई क्रमस नितिगत समाधान गर्दै जान्छौं । सहकारी र लघुवित्तका निक्षेपकर्ताहरु डराउनु पर्दैन । त्यसका सरकार ग्यारेन्टी बसेर बस्छौं । गलत गर्नेलाई कारबाही गर्छौं । समस्यामा आएका सहकारी र लघुवित्तहरुलाई बचाउने काम गर्छौं । त्यो सरकारको जिम्मेवारी हो कोही पनि विचलित हुन जरुरी छैन ।’संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले मुलुकको अर्थतन्त्र सहज अवस्थामा नरहेको बताउनु भयो । उहाँले सरकारले विकास खर्च गर्न नसकेको अवस्था रहेको बताउनु भयो ।उहाँले सरकारको साधरण खर्च मात्रै साढे ५ खर्ब रहेको बताउनु भयो । उहाँले साधरण खर्च धान्नको लागि सरकारले साढे १ खर्ब आन्तरिक ऋण लिएको देखिएको बताउनु भयो । उहाँले नयाँ मन्त्रीहरुले नयाँ सोचका साथ काम गर्ने गरी समझादारी भएको भन्दै त्यहीअनुसार काम गर्ने बताउनु भयो ।




























