काठमाडौं । केही दिनदेखि सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजारले घटेको छ । बिहीबार ताेलाको ९८ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ ।साताको पहिलो कारोबार दिनदेखि नै सुनको मूल्य ओरालो लागेको छ । आइतबार सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७७ डलर आसपास कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि ओरालो लागेको छ । बिहीबार ताेलामा २० रुपैयाँले घटेर एक हजार ३२० मा आएको महासङ्घले जनाएको छ । आइतबार १ हजार ३६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।