काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला रू एक हजारले बढेको हो। सुन आज तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५९ हजार ६ सय रुपैयाँमा रहेको थियो ।यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर एक हजार आठ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ७५ रुपैयाँ रहेको थियो ।