काठमाडौं । कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान)ले इन्टरनेट सेवा ठप्प हुन नदिन सरोकारवालाहरूलाई आग्रह गरेको छ ।एसोसियसनले आइतवार एक विज्ञप्ति जारी गर्दै इन्टरनेट सेवा ठप्प हुन नदिन जिम्मेवार हुन सबैलाई आग्रह गरेको हो ।इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केहि दिनदेखि जिम्मेवार निकायहरुवाट ब्यक्त धारणाहरुप्रति ध्यानाकर्षण भएको समेत एसोसियसनले जनाएको छ ।'इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहि सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा बिभिन्न निकायहरुविच बुझाईमा असमानताका कारण ब्यान्डविथको शुल्क तिर्न बिलम्ब हुनाका कारण इन्टरनेट सेवा बाधित हुने सक्ने प्रति क्यान महासंघ चिन्ता ब्यक्त गर्दछ एवं समस्या समाधानका निम्ति सम्बन्धित निकायहरुलाई जिम्मेवारीपुर्वक यथासिघ्र वार्ता एवं छलफलको निम्ति हार्दिक अनुरोध गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।