
काठमाडौं । नेपाली बजारमा आइतबार (वैशाख ७) सुनचाँदीको मूल्य स्थिर छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० र चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।सुनचाँदी शुक्रबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




























