कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहको परिसूचक बढेको छ ।

काठमाडौं । मंगलबार सेयर बजार ९.९६ अंक घटेको छ । योसहित तीन दिन लगातार बजार घटेको हो ।मंगलबार आठ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार आठ अर्ब ७७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ । १६० कम्पनीको सेयर मूल्य घटेको छ । मुक्तिनाथ विकास बैंकको सेयर मूल्य स्थिर छ ।कारोबारमा आएका ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको २ खरिदबिक्री भएको छ । धितोपत्र बजारमा आज तीन सय १९ वटा कम्पनीहरुको ७१ हजार छ सय ९४ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड २५ लाख ५५ हजार सात सय १३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार एक सय ८८ रुपैंयाँ पुगेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । ङादी ग्रुपको ३.८८ तथा एचआईडीसीएलको ३.७९ प्रतिशत घट्यो । धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, हिमालयन पावर पार्टनर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र राधि विद्युत् क्रमशः अगाडि रहे ।




























