
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १४ सयले बढेर तोलाको एक लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९३ हजारमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।यसअघि मंगलबार चाँदी तोलाको २३०० मा कारोबार भएको थियो ।




























