
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ मा कारोबार भएको थियो।त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भई ४ हजार ४१५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँ मा कारोबार भएको थियो।सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढाव र विनिमय दरको प्रभावका आधारमा दैनिक रूपमा परिवर्तन हुने गर्दछ।



























