काठमाडौं - दुई दिन निरन्तर उकालो लागेको सेयर बजार मंगलबार ४६ अंकले ओरालो लागेको छ।यसदिन नेप्से परिसूचक ४६.०८ अंकले घटेर २०३०.५९ विन्दुमा बन्द भएको छ। आज २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता सेयर २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२४ रुपैयाँमा खरिदबिक्री भयो।नेप्से घटेसँगै कारोबार रकम सोमबारको तुलनामा घटेको छ। सोमबार ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँमा सेयर खरिद बिक्री भएको थियो। सो दिन २३४ कम्पनीको १ करोड ९ लाख ८१ कित्ता सेयर किनबेच भएको थियो।आइतबार २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर दुई अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँमा खरिदबिक्री भएको थियो। सो दिन नेप्से परिसूचक ५७.६१ अंकले बढेर २०८६.३८ विन्दुमा बन्द भएको थियो। नेप्से बढेसँगै कारोबार रकममा वृद्धि भएको थियो।यसदिन सेन्सेटिभ इन्डेक्स ८.७१ अंकले घटेर ३८७.२३ विन्दुमा झरेको छ।दोहोरो अंकले घटेको सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। सीवाईसी नेपाल लघुवित्त वित्तीयको १० प्रतिशतले र ङादी ग्रुपको ९.९७ प्रतिशतले सेयर मूल्य बढेको हो। यसैगरी आँधीखोला लघुवित्त वित्तीयको ९.६१ प्रतिशतले मूल्य बढ्यो।यसदिन कारोबारमा आएका १३ वटै समूहको सूचक राताम्मे भएको छ। ट्रेडिङ समूहको सूचक सबैभन्दा बढी ३.८८ प्रतिशतले ओरालो लाग्यो। फाइनान्सको ३.५३, अदर्शको ३.८३ र इन्भेस्टमेन्ट समूहको ३.३१ प्रतिशतले मूल्य घट्यो।यसगरी,होटल्स एन्ड जुरिजमको २.८६ प्रतिशतले मूल्य घट्दा डेभलपमेन्ट बैंकको २.८४, हाइड्रो पावरको २.१८, नन लाइफ इन्स्योरेन्सको २.८२, मनु एन्ड प्रोको २.७३, माइक्रोफाइनान्सको २.४८, लाइफ इन्स्योरेन्सको २.१२ प्रतिशतले सूचक घट्यो।बैंकिङको १.२४ र म्युचुअल फन्डको सूचक १.२ प्रतिशतले ओरालो लाग्यो।कारोबार रकमका आधारमा यसदिन सानिमा बैंक अग्रस्थानमा रह्यो। सो बैंकको ३० करोड बढीको सेयर कारोबार भयो। अरुण कावेलीको ११ करोड र शिवम् सिनेम्टको १० करोड बढीको कारोबार गरी क्रमस दोस्रो र स्थानमा रहे।