
भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो प्रावधानको व्यवस्था गरेको हो । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन अनुसार यस्तो सहुलियत २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको सावाँ र ब्याजमा मात्र लागू हुने भएको छ । तर कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको सावाँ र ब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्त बमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन भने बाधा नहुने राष्ट्र बैंकले जनाएको छ ।



























