
सेयर बजार परिसुचक ओरालो लागेको छ । आज सोमबार बजार परिसुचक २३ दशमलव १६ अंकले ओरालो लागेर १८ सय ५१ दशमलव ४३ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३८ अंकले ओरालो लागेर तीन सय ५५ दशमलव ७४ बिन्दुमा खुम्चिएको छ ।धितोपत्र बजारमा आज दुई सय ८४ वटा कम्पनीहरुको ६९ हजार आठ सय ३२ पटक सेयर किनबेच भएको छ । जसबाट आज ४८ लाख ३७ हजार आठ सय ९३ कित्ता सेयर किनबेच भएकोमा कारोबार रकम एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैंयाँ पुगेको छ ।नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो देखिएको छ ।




























